Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न


GDP नेपाल
   २६ जेष्ठ २०८०, शुक्रबार


महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

इन्स्योरेन्सका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्नेरगाभिने र गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने निर्णय भएको छ । दुवै कम्पनीको शेयर अनुपात १:१ कायम गरी गाभिने भएका छन् ।

यस्तै, सभाले अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह