Logo

बिजनेस होम

इपानमा गणेश कार्की नेतृत्वको प्यानल घोषणा


GDP Nepal
   २९ जेष्ठ २०८०, सोमबार


काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) मा आउँदो बिहीबार हुने निर्वाचनका लागि गणेश कार्की समूहले प्यानल घोषणा गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले अध्यक्ष तथा पदाधिकारी र कार्यसमितिको नामावली घोषणा गरेका हुन् ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी उम्मेद्वार छन् भने पाँच उपाध्यक्षहरूमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम भ्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपालको नामावली बाहिर सार्वजनिक गरिएको छ । यस्तै, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी परेको छ । सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, टिएन आचार्य, कुवेरमणि नेपाल, सुमन जोशी, इशा श्रेष्ठ लगायत रहेका छन् ।

इपान अध्यक्षका लागि कार्की र किरण मल्ल समूहबीच प्रतिस्पर्धा हुनेछ । यद्यपी केही उम्मेदवारहरु दुवै समूहमा समेत समेटिएका छन् । धेरैजसो साझा उम्मेदवारी भएकाले सहमतिमै पदाधिकारी तथा कार्यसमिति चयन गरेर जानुपर्ने कार्कीको भनाइ छ ।

विधानअनुसार इपानको पदाधिकारीमा १५ जना र कार्यसमिति सदस्यमा १५ जना गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।

उम्मेदवारी घोषणा गर्दै कार्कीले इपान सबैको भएको हुँदा विभाजन भएर जान नहुने बताए । वन, वातावरण, जग्गा प्राप्ति, सेयर, बिमा लगायत निजी क्षेत्रले भोगिरहेका थुप्रै समस्याहरू छन्,’ उनले भने, ‘एक जुट भएर जान सकियो भने मात्र यी समस्या समाधान गर्न सकिन्छ र हाम्रो बल पुग्छ ।’ विधान संशोधनको सन्दर्भमा समय सापेक्षरूपमा परिमार्जन गरेर जान सकिने पनि उनले बताए ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह