Logo

बैंक / बिमा /शेयर

आशा लघुवित्तले डाक्यो विशेष साधारण सभा


GDP नेपाल
   ३२ जेष्ठ २०८०, बिहिबार


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । सभा असार १६ गते विहान ११ बजे काठमाडौँको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा हुने छ ।

सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ । सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ स्वाप रेसियो पारित गर्नेछ । प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन हुनेछ ।

प्राप्ति प्रक्रिया पूरा भएपछि बन्ने संस्थाको नाम ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । विशेष साधारणसभा प्रयोजना संस्थाले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन पाउनेछन् ।

 

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह