एनआईसी एशिया बैंकले आफ्नो वेबसाइटलाई आकर्षक फिचरहरूसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ ।
समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहक महानुभावहरूलाई आधुनिक बैंकिङको अभ्यास तथा डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ एनआईसी एशिया बैंक डटकमलाई आकर्षक फिचरहरूसहित नयाँ डिजाइनमा स्तरोन्नति गरिएको बैंकले जनाएको छ ।
आफ्ना सेवा तथा सुविधाहरू थप ग्राहकमैत्री बनाउदै लैजाने बैंकको उद्देश्यअनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिष्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरिएको हो ।
ग्राहकहरूले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज (भ्वाइस कमाण्ड)द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहकले खोजेअनुसारको प्रोडक्ट र विवरणहरू उपलब्ध गराउनका लागि वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरूले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नेछन् ।
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबजस्ता डिभाइसहरूमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरूको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ ।
वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरू गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरूको स्थान पत्ता लगाउन सकिनेलगायत बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबिसै घण्टा च्याटबट सेवासमेत उपलब्ध छन् ।
यस्तै, बैंकको मोबाइल बैंकिङ एपमा रहेको ओम्नी च्यानल प्रणालीमा उपलब्ध सेवाहरू जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदनलगायत दर्जनौं सेवाहरू वेबसाइटमार्फत उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया