दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले यस अवधिमा ५ करोड ७३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५० लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष यसैअवधिमा यस कम्पनीले ८ करोड ३७ लाख ४ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष ६ करोड १ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा ऋणात्मक छ ।
प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा छ । यस कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको हो ।
प्रतिक्रिया