Logo

बैंक / बिमा /शेयर

हकप्रद सेयर निष्कासन गर्दै साङ्गे विद्युत


GDP नेपाल
   ४ असार २०८०, सोमबार


साङ्गे विद्युत कम्पनीले ८०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

यो हकप्रदमा कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्नेछ । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह