हिमालयन बैंक लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित पटिहानीमा रहेको जंगल भिल्ला रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौता अनुसार रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका ग्राहकले १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।रिसोर्टले दिने सेवा उपभोग गरेवापतको छुट प्राप्त गर्न ग्राहकले हिमालयन बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाए पुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया