जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा द एसआर होटल रुपन्देहीमा असार ४ गते कम्पनीको साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, संस्थाले चुक्ता पुँजी १६ करोडको आधारमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागी ०.७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । संस्थाले यस वर्ष २ करोड २८ लाख लाभांश वितरण गरेको छ ।
सभाले अध्यक्षद्धारा प्रस्तुत प्रस्तावहरु सर्वसहमतिमा पारित गरेको छ ।
प्रतिक्रिया