समता घरेलु लघुवित्तले फर्दर पब्लिक इस्यु (एफपिओ) जारी गर्ने भएको छ ।
कम्पनीले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८ सय ५६ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले संस्थापक सेयरधनी र साधारण सेयरधनीको पूँजी संरचना अनुपात ७०ः३० कायम गर्न एफपिओ निष्कासन गर्न लागेको हो ।
यस्तै, कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल चयन भएको छ । आज भएको एक कार्यक्रमकाबीच लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया