सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा संस्थापक सेयरधनीलगाएत अन्य जो कोही व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । न्युनतम मूल्य प्रतिकित्ता २१७ रुपैयाँ तोकिए सो सेयरमा असार १३ गतेसम्म न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
बोलपत्र एनआईसी एसिया क्यापिटलको कार्यालय र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयकका साथ शाखा विराठनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा दिन सकिनेछ ।
प्रतिक्रिया