Logo

कर्पोरेट-बजार

उद्योगको व्यावसायिक प्रतिष्ठामाथि असर पुर्‍याउने कार्य भयो: घोराही सिमेन्ट


GDP नेपाल
   ८ असार २०८०, शुक्रबार


घोराही सिमेन्ट इन्डष्ट्रिले आइपीओ रद्द भएको विषयमा अनर्गल प्रचार भएको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै उद्योगले सेयर निष्काशनको खुल्ला अवधि भित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको बताएको हो ।

उद्योग प्रबर्धकहरुको तर्फबाट क्रेडिट रेटिङ्ग प्रक्रिया प्रभावित नभएको बताउँदै इन्डष्ट्रिले भनेको छ,’ एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रबर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छौं । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त छ ।’

प्रकाशित : ८ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह