Logo

बैंक / बिमा /शेयर

असार २९ देखि हकप्रद सेयर जारी गर्दै नेसनल हाइड्रोपावर


GDP नेपाल
   ११ असार २०८०, सोमबार


नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अर्थात् १०स्५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने बताएको छ।

हकप्रद प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्मका कायम सेयरधनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर साउन १८ गतेसम्म बिक्रीमा रहने कम्पनीको भनाइ छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह