एनआईबीएल एस क्यापिटल र मेगा क्यापिटल मार्केटबीच एकीकृत कारोबार सुरु भएको छ । एनआईएमबी एस क्यापिटलको नामबाट सोमबारदेखि दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो ।
एनआईबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ती गर्ने सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाबाट निर्णय भएको थियो । प्राप्तीपश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड हुनेछ ।
कम्पनीका अनुसार ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय संचालनमा हुनेछन् । ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढीे सेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया