नेपाल राष्ट्र बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाई डेस्क स्थापना गरेको छ ।
विभिन्न लघुवित्तहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनसो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
“नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि यस बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको छ,” बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया