थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।
गोलाप्रथामार्फत भएको बाँडफाँटमा ६१ हजार ३१६ जना लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यस्तै, ती मध्ये दुई जनाले थप १ १ कित्ता सेयर पाएका छन् ।
आइपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ८४८ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो । साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो ।
प्रतिक्रिया