Logo

Banner-news

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामै मुद्दा हाले नेपालीले


GDP Nepal
   १ फाल्गुन २०७५, बुधबार


वासिङ्टन । संसारकै सर्वाधिक शक्तिशाली व्यक्ति हुन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प । यतिबेला तिनै शक्तिशाली ट्रम्पविरुद्ध केही नेपालीले अमेरिकामै मुद्दा दायर गरेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ ।
अमेरिकामा अस्थायी सुरक्षाको दर्जा (टीपीएस) पाइरहेका नेपालीले यसको अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर गरेका हुन् ।
ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने नेपालीमात्र छ्र्रैनन् । नेपाल र होन्डुरसबाट आएका आप्रवासीका तर्फबाट आप्रवासन वकिलले सोमबार ट्रम्पविरुद्ध संघीय मुद्दा दायर गरेका हुन् ।
उत्तरी क्यालिफोर्नियाको अमेरिकी जिल्ला अदालतमा दर्ता गरिएको यो मुद्दामा वकिलले टीपीएसको दर्जा पाएका झन्डै १ लाख नेपाली र होन्डुरन आप्रवासीको यो दर्जा अन्त्य गर्ने ट्रम्पको यो निर्णय जातिय विभेदबाट प्रेरित भएको तर्क गरेका छन् ।

गत वर्ष ट्रम्पले हैटी र अफ्रिकी मुलुकविरुद्ध यसै किसिमको अभिव्यक्ति दिएका थिए ।

ट्रम्पको आदेशअनुसार टीपीएस दर्जा पाएर अमेरिकामा बसेर काम गरिरहेकाहरूले आफ्नो बसाइलाई कायमै राख्नका लागि प्रत्येक १८ महिनामा नवीकरण गर्नुपर्नेछ ।

गत मार्चमा सोही महिनामा दर्ता भएको अर्को मुद्दामा ट्रम्प प्रशासनको टीपीएस दर्जा अन्त्य गर्ने कदम केही निश्चित आप्रवासीलाई देशबाट सफाया गर्ने प्रयास भएको उल्लेख थियो ।
ट्रम्पले उनीहरूको देशको खतरनाक अवस्थाको बेवास्ता गर्दै हजारौंलाई अमेरिकाबाट भाग्न बाध्य पारेको मुद्दापत्रमा उल्लेख गरिएको थियो ।
“ट्रम्प प्रशासन टीपीएस अन्त्य गर्ने योजनासहित सत्तामा आएको थियो,” दक्षिणी क्यालिफोर्नियाको अमेरिकन सिभिल लिबर्टिज युनियन वरिष्ठ सल्लाहकार अहिलान टी अरुलानान्थामले बताए । “उनीहरूले आफ्नो बृहत् आप्रवासी एजेन्डाको अंशस्वरूप टीपीएमको अन्त्य गर्न चाहेका हुन्,” उनको भनाइ थियो ।
समान किसिमको तर्क प्रस्तुत गर्दै संघीय न्यायाधीशले यस किसिमको सुरक्षाको अन्त्य गर्ने समय पर सारेका छन् । यसले एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानका आप्रवासीको सुरक्षा अन्त्य गर्ने समय पनि पर सरेको छ ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह