पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा घटेको छ ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेसँगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।
विभागका अनुसार यात्रु वाहक सवारी साधनमा २.१३ प्रतिशत, माल वाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । घटेको भाडादर आजदेखि नै लागू हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
प्रतिक्रिया