Logo

बिजनेस होम

प्राधिकरणका दिगम्बर झा र टेलिकमकी कामिनी राजभण्डारी हटाउन खोज्दै सरकार


appharu
   २४ बैशाख २०७५, सोमबार


काठमाडौं । केपी ओली नेतृत्वको सरकारले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नेतृत्व हटाउने तयारी गरेको छ ।
प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको काम कारवाहीसँग असन्तुष्टी जनाउँदै हटाउने तयारी भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न निर्देशन दिएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाको कामप्रति असन्तुष्टी व्यक्त गर्दै सरकारले तत्काल कुनै पनि महत्वपूर्ण निर्णय नगरी यथावस्थामा काम गर्न निर्देशन दिएको छ ।
पूववर्ती देउवा सरकारका पालामा दोस्रोपटक अध्यक्ष बनेका झाको कामकारवाहीप्रति ओली सरकार सन्तुष्ट हुन सकेको छैन । यसमा कमिसनदेखि राजनीतिक पूर्वाग्रहजस्ता कारण छन् । यसअघि २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका झा बिरुद्ध अध्यक्षका लागि योग्य नभएको भन्दै रिट जाहेर भएको थियो ।
अदालतले २ वर्षपछि मात्रै उनको पक्षमा फैसला सुनाएपछि उनले २ वर्षमात्र काम गरेका थिए । गत मंसिर पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले झालाई दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो ।
मन्त्रालय उच्च स्रोतका अनुसार लाइसेन्स, इजाजतपत्र, अनुमतिपत्र जारी नगर्ने, कुनै पनि सेवा थप नगर्ने, फ्रिक्वेन्सी वितरण नगर्ने, ग्रामीण दूरसञ्चारको कामहरूको निकासा नगर्ने र प्राधिकरणलाई आर्थिक भार पर्ने कुनै पनि दूरगामी प्रभाव पर्ने काम अघि नबढाउन निर्देशन दिइएको छ । “सरकारले विभिन्न परिवर्तनका काम गरेकोले अध्यक्ष झाका विषयमा पनि थप केही निर्णय हुन सक्छ” मन्त्रालय स्रोत भन्छ । यो निर्णयपछि कुनै सेवा प्रदायकले सेवाको मूल्य सदर गराउन आवेदन दिएपनि प्राधिकरणले निर्णय गर्न प्राधिकरणले पाउने छैन ।
मन्त्रालय स्रोतले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामीनी राजभण्डारीलाई पनि सन्तोषजनक काम गर्न नसकेको भन्दै सोधपुछ गर्ने गरेको बुझिाएको छ । अध्यक्ष झा राजनीतिक नियुक्ति भएपनि राजभण्डारी भने नेपाल टेलिकमको इतिहासमा पहिलोपल्ट खुला प्रतिस्पर्धाबाट आएकी हुन् । २०७३ असोजमा नियुक्त राजभण्डारी २०७६ असोज सम्म पदमा रहन पाउनेछिन् ।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह