नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण मतहसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा महासंघका पदाधिकारीले अर्थमन्त्री महतलाई उद्योग क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउँदै तत्काल समाधानका लागि आग्रह गरेका छन् ।
सो भेटमा महासंघका पदाधिकारीले आयात तथा निर्यात गर्दा अनिवार्य लेबलिङ गर्नुपर्ने बाध्यकारी नियमले समग्र आयात तथा निर्यात कारोबारमा अनावश्यक अवरोध सृजना भएकोले यस नियमलाई तत्काल हटाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै, अनुगमन टोलीको कार्यलाई प्रभावकारी बनाउन अनुगमन समितिमा निजिक्षेत्रको समेत प्रतिनिधि रहने व्यवस्था हुनुपर्ने महासंघको भनाई छ ।
प्रतिक्रिया