Logo

Uncategorized

नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड


GDP नेपाल
   १५ श्रावण २०८०, सोमबार


नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघको ४४ औंँ वार्षिक साधारण सभाले दुगडको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिमा डा. सुबोध कुमार गुप्ता निवर्तमान अध्यक्ष, राम थापा प्रथम उपाध्यक्ष, राहुल अग्रवाल द्वितीय उपाध्यक्ष, दीपक कुमार पौडेल महासचिव, धीरज गोल्छा उपमहासचिव र रतन लाल केडिया कोषाध्यक्ष रहेका छन् । 

सभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ । त्यस्तै भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने संघले जनाएको छ । त्यस्तै, कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको इन्सेन्टिभ कायम गर्न पहल गर्ने संघले जनाएको छ । 

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह