नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबीच भेटवार्ता भएको छ ।
महासंघका केन्द्रिय सदस्य एवं महासंघद्वारा गठित व्यापार समितिका सभापति सुवोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले मन्त्री रिजालसँग भेटवार्ता गरेको हो । सो टोलीले मन्त्री रिजालसमक्ष व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि ३४ बुँदे सुझाव पेश गरेको छ ।
सुझावमा आयात निर्यात गर्दा लेबलिङ्ग गर्नुपर्ने बाध्यकारी नियम हटाउनुपर्ने, अनुगमन टोलीको कार्यलाई प्रभावकारी बनाउन अनुगमन समितिमा निजिक्षेत्रको समेत प्रतिनिधि रहने व्यवस्था हुनुपर्ने, संघीय, प्रदेश र स्थानीय सरकारले ढुवानीमा लगाउने विभिन्न कर तथा दस्तुरलाई हटाउनुपर्ने, बैंक तथा ब्याजदर क्रमशः कम गर्दै ब्याजदर स्थायित्वका लागि उपलब्ध उपकरण प्रयोग गर्नुपर्ने, व्यवसाय नविकरण सीमा अवधी बढाउनुपर्ने लगायतका विभिन्न मागहरु समेटिएको छ ।
सो भेटवार्तामा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगड, व्यापार समितिका सह अध्यक्ष लिलेन्द्र प्रधान, नेपाल कफि उत्पादक संघका अध्यक्ष ओमनाथ अधिकारी, घरेलु तथा साना उद्योग समितिका सह अध्यक्ष मञ्जु कुमार श्रेष्ठ काेजु, व्यापार समितिका सल्लाहकार मणिक रत्न शाक्य, व्यापार समितिका सदस्यहरु सुजील श्रेष्ठ, ओमनाथ महर्जन, चन्द्र थापा, अशोक श्रेष्ठ, राहुल गाडियालगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया