गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३६.८५ प्रतिशतले बढेको हो ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि बढेपछि खुद नाफामा वृद्धि भएको देखिन्छ । यसको रिजर्भ कोष पनि ११.०३ प्रतिशतले बढेर १० अर्ब नाघेको छ ।
यसअवधिमा बैंकको इक्विटीमा प्रतिफल ९आरओई० १३.३१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको आरओई ११.७६ प्रतिशत थियो । आरओए १.४८ प्रतिशत छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँले बढेर ३१.७२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७९ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ छ ।
प्रतिक्रिया