नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया