अपि पावर कम्पनीको हकप्रद सेयर आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले १:०.४५ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। यसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रद सेयर निष्कासन तथा प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार असार २१ गतेसम्म कायम सेयरधनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।
सो हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।










प्रतिक्रिया