महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीको निवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया