भदौ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।
बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०५ विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् । सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसि एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको रहेको छ ।
यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत कायम गरेका छन् ।
प्रतिक्रिया