Logo

कर्पोरेट-बजार

लागु औषध नियन्त्रण व्यूरोको सहकार्यमा नेफाद्वारा सचेतना गोष्ठी आयोजना


GDP नेपाल
   ४ भाद्र २०८०, सोमबार


नेपाल फ्रेट फरवार्डरस एशोसिएसन (नेफा) ले अवैध लागुऔषध ओसारपसार विरुद्ध सचेतना गोष्ठी आयोजना गरेको छ ।

लागु औषध नियन्त्रण व्यूरोको सहकार्यमा आयोजित सो गोष्ठीमा आयात-निर्यातका क्रममा लागु औषधको जोखिम नियन्त्रण तथा कार्गो कम्पनीका कर्मचारीहरु एवं यस क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने निकायहरुलाई लागु औषध नियन्त्रण सम्बन्धी जानकारी गराइएको छ ।

कार्यक्रममा नेफाका अध्यक्ष मनोज अधिकारीले निर्वाध रुपमा नेपाली वस्तू निर्यात गर्न र यस क्षेत्रलाई अवैध लागु औषधको खतराबारे जागरुक गराउन यस कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

यस्तै, कार्यक्रममा लागु औषध नियन्त्रण व्यूरोका प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारले मालबस्तु आयात र निर्यातको क्रममा लागु औषध तस्करीको तरिका तथा नियन्त्रणका उपायहरु, कानुनी प्रावधान, यसका जोखिम र कार्गो व्यवसायीहरुले उपनाउनु पर्ने सावधानीबारे जानकारी दिए ।

सो अवसरमा व्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक गोविन्द थपलियाले लागु औषध फेला परेको पहिलो व्यक्तिबाट नै अनुसन्धना सुरु हुने जानकारी दिँदै आयात र निर्यातका क्रममा सबैलाई सावधानी अपनाउन आग्रह गरे ।

यसका साथै अन्तरक्रियामा सहभागीहरुबाट उठाइएका प्रश्न र जिज्ञासाहरुको जवाफ दिँदै व्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले लागु औषध नियन्त्रण तथा अनुसन्धानमा सघाउन सबै आम नागरिकको कर्तव्य रहेको बताउँदै यस कार्यमा सबैलाई हातेमालो गर्न आग्रह गरे ।

सो अवसरमा नेफाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले कार्यक्रम आयोजनाका लागि सहयोग पुऱ्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै लागु औषध नियन्त्रणमा संघबाट सदैव सकारात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लागु औषध नियन्त्रण व्यूरो, त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात र निर्यात संग सम्बन्धीत विभिन्न संघरसंस्थाका प्रतिनिधी, कार्गो व्यवसायी, कार्गो कम्पनीमा कार्यरत कर्मचारीहरु सहित १७२ को सहभागीता रहेको थियो । 

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह