भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ खुला भएको छ । कम्पनीले आजबाट सर्वसाधारणका लागि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्रीमा ल्याएको हो।
यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ ।
यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ ।
प्रतिक्रिया