मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ पुगेको छ । सोमबार चाँदीको प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८८९.५२ डलर र चाँदी प्रतिऔंस २२.७५ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया