बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
नयाँ भाडा दर अनुसार अब ५ किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि पाँच किलोमिटरसम्मको गाडी भाडा १८ रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, १० किलोमिटरको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ , १५ किलोमिटरसम्मको २९ बाट वृद्धि भएर ३१ रुपैयाँ, २० किलोमिटरसम्मको ३२ बाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया