Logo

कर्पोरेट-बजार

पुँजी प्रवाह हुन नसक्दा व्यवसायीमा आत्मविश्वास कम भयो: अध्यक्ष ढकाल


GDP नेपाल
   १० भाद्र २०८०, आइतबार


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आम जनसमुदायमा माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन् ।

आईतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम समुद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउँनुको विकल्प नभएको बताएका छन् ।

उनले भने, ‘वास्तवमा अहिले आम पव्लिकमा यो डिमान्ड सप्लाईको चै धेरै नै कमि भएको छ । र व्यवसायीक रुपमा धेरै कन्फिडेन्स् लुज भएको चै छ । सप्लाई धेरै नै कमि भएको हिसाबमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन् । ’

अध्यक्ष ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछुताउनुको विकल्प नहुँने तर्क गरे ।

उनले भने,‘ यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्र बैंकले र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछि हामीले पछुतो मात्र मान्ने बाहेक केहि हुन्न ।’

 

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह