Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो


GDP नेपाल
   ११ भाद्र २०८०, सोमबार


नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको सुनको बजार मूल्य अनुसार आज पनि सुनको मूल्यमा घट्बढ भएको छैन ।

आइतबार छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार यो साता सुनको भाउ लगातार चार दिनसम्म स्थिर नै रहेको छ । गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि भने मूल्यमा घटबढ भएको छैन ।

तर,चाँदीको मूल्य भने घटबढ भईरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह