Logo

बैंक / बिमा /शेयर

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन (पूर्णपाठसहित)


GDP नेपाल
   ११ भाद्र २०८०, सोमबार


नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । केन्द्रीय बैंकले मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगहरुलाई राहत दिएको छ ।

राष्ट्र बैंकले उत्पादनमूलक उद्योगको हकमा समग्र बैंकिङ प्रणालीबाट कुल ३ करोड रुपैयाँसम्म चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने बताएको हो ।

यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । यसअघि सबै उद्योगहरुलाई १ करोड रुपैयाँको सीमा तोकिएको थियो ।

यता, उत्पादनमूलक उद्योगलाई ४ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार र बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्नेछ । यसअघि, सबै फर्मरसंस्थारकम्पनीलाई प्रवाह हुने कुल २ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जामा उक्त सीमा कायम गरिएको थियो । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले व्यवस्था गरेको छ । तर, इजाजतपत्र संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकललगायत पक्षहरु विश्लेषण गर्दा ‍औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारण उल्लेख गरी अनुमानित वार्षिक कारोबार–बिक्रीको अधिकतम ५० प्रतिशत हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्न सक्ने व्यवस्था छ।

यसअघि यस्तो व्यवस्था ४० प्रतिशत मात्र रहेको थियो ।यता, चालु पुँजी कर्जाका विभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशत भन्दा कम बक्यौता कायम भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम भएको हुनुपर्ने व्यवस्था थियो । यता, राष्ट्र बैंकले उत्पादनमूलक उद्योगको परिभाष गर्दै स्पष्टिकरणमा भनेको छ ‘उत्पादनमूलक उद्योग भन्नाले कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोगबाट निश्चित मानवरमेशिनरीको प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योग लाई जनाउँछ ।’ यही परिभाषाको अधिनमा रहेका उद्योगहरुमा संशोधित व्यवस्था लागू हुनेछ ।

 

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह