नेपाल कुरियर सेवा संघको अध्यक्षमा दुर्गा प्रसाद सुवेदी निर्वाचित भएका छन् । एपेक्स वल्डवाईड एक्सप्रेस प्रालिका प्रबन्ध निर्देशक समेत रहेका सुवेदी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन प्रायोजनका लागि भएको उम्मेदवारी दर्ता प्रक्रिया र उम्मेदवारी फिर्ता प्रक्रिया भएसँगै पदाधिकारी लगाएत सम्पूर्ण सदस्यहरु निर्वाचित भएको नेपाल कुरियर सेवा संघले जनाएको छ ।
कुल १० सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष देवेन्द्र खड्का, वरिष्ठ उपाध्यक्षमा एति टिएनटी एक्सप्रेस प्रालीका अनिलराज भण्डारी र उपाध्यक्षमा सौर्य वल्डवाईड एकसप्रेस प्रालीका संजय मण्डल रहेका छन् ।
यस्तै, महासचिवमा नेशनल एयरकुरियर सर्भिस प्रालीका राजकुमार सामरी, कोषाध्यक्षमा नेपाल त्रिशक्ति एयर एक्सप्रेस प्रालीका कृष्ण प्रसाद नेपाल रहेका छन् भने सदस्यहरुमा निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे र सौरभ मैनाली सर्वसम्मत निर्वाचित भएका छन् ।
कुरियर संघको २९ औँ वार्षिक साधारणसभा यहि भदौ २३ गते काठमाडौँमा हुँदैछ ।
प्रतिक्रिया