शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबा भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२४.४८ डलरमा र चाँदी प्रतिऔंस २३.०६ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया