Logo

कर्पोरेट-बजार

नेपाल कुरियर सेवा संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न


GDP नेपाल
   २४ भाद्र २०८०, आइतबार


नेपाल कुरियर सेवा संघको २९ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनले दुर्गा प्रसाद सुवेदी (दिपेश) को अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय कार्यकारिणी समिति गठन गरेको छ । 

जसमा निवर्तमान अध्यक्ष देवेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष अनिल राज भण्डारी, उपाध्यक्षहरुमा संजय मण्डल र तीलराज खतिवडा रहेका छन् । यस्तै, महासचिवमा राज कुमार सामरी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सचिवमा प्रकाश सुवेदी र सह कोषाध्यक्षमा निरञ्जन थापा रहेका छन् । यसका साथै सदस्यहरुमा क्रमश निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे र सौरभ मैनाली र्निविरोध निर्वाचित भएको नेपाल कुरियर सेवा संघले जनाएको छ । यस्तै, मनोनित सदस्यमा निसा आचार्य र रणदिप जंग रायमाझी रहेका छन् । 

२९ औँ वार्षिक साधारण सभाको उद्घाटन सांसद एवं राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले गरेका हुन् । 

सो सभामा बोल्दै प्रमुख अतिथि खतिवडाले कुरियर व्यवसायीहरुले मुलुकको समृद्धि र अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमीका निर्वाह गरेको बताए । उनले आयात एवं निर्यात व्यापारलाई सहजीकरण गर्ने सवालमा कुरियर सेवाले हरेक ग्राहकहरुको घर घर पुगी छिटो, छरितो र भरपर्दो तरवरबाट ग्राहकलाई सेवा सुविधा उपलब्ध गराएको बताए । 

“कुरियर सेवाले ग्राहकहरुको घर घर पुगी छिटो, छरितो र भरपर्दो तरवरबाट ग्राहकलाई सेवा सुविधा उपलब्ध त्यसको म प्रशंसा गर्छु”, खतिवडाले भने ,”अझ यो व्यवसायलाई गुणस्तर र प्रविधिमैत्री बनाउँदै विश्वसनिय सेवाको रुपमा विकास गर्नुपर्ने भएकोले व्यवसायीले उठान गरेका विषय वस्तुमा मेरो सहयोग र भूमीकामा सधै साथमा रहने छ ।”

WhatsApp Image 2023-09-10 at 3.56.17 PM.jpegकार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक श्रेष्ठले कुरियर व्यवसायको विकास र विस्तारका लागि पछिल्लो पटक अपनाइएका डीजीटल मार्केटिङ्ग, इकमर्श र अनलाईन कारोबार लगाएत  विभिन्न सेवाहरुमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । यस्तै, उनले भोलीका दिनमा कुरियर सेवाको बजारलाई विस्तृत रुपमा अघि बढाउन र के कस्ता भूमीका निर्वाह गर्नुपर्छ त्यसमा सचेत रहन व्यवसायीहरुलाई आगह गरे । 

यस्तै, कार्यक्रममा श्रेष्ठले सरकारले हुलाक सेवालाई प्राधिकरणको रुपमा लैजाँदा कतै व्यवसायीलाई कन्ट्रोल गर्ने मेकानीजमको रुपमा त आउने होइन भन्ने प्रश्न गरे । 

उनले अहिलेसम्म सरकारले जति प्राधिकरण बनाएको छ यसले नियमकारीको भूमीका भन्दा पनि नियन्त्रणकारीको भूमीका निर्वाह गर्दै आइरहेकोले भोलीका दिनमा व्यवसायलाई सहजीकरण र रुपान्तरण गर्ने सवालमा अंकुश लगाइयो भने यो व्यवसायीका लागि घातक हुने बताए । 

“आज ऐनकानुनको चक्करमा लागेर चुनौती खडा गर्नु भन्दा नितिगत छलफल र सहमतीबाटै लाभ लिन सकिन्छ”, उनले भने । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कुरियर व्यवसायीहरुले भोगेका समस्या र चुनौतीमा महासंघले विगतदेखि सरकारी पक्षसँग लविङ र सहजीकरण गर्दे आएको बताए । उनले कुरियर सेवा संघले उठान गर्ने विषय वस्तुमा आफूहरुले सहयोगीको रुपमा भूमीका निर्वाह गर्ने जनाए । 

यस्तै, ढकालले कुरियर व्यवसाय घरको दैलोदैलोसम्म पुग्ने भएकोले यसको सेवालाई गुणस्तरीय र भरपर्दो बनाउनुपर्ने हुँदा पछिल्लो प्रविधिलाई साथ लिएर अगाडि बढ्न व्यवसायीलाई सुझाव दिए । 

सो अवसरमा हुलाक सेवा विभागका महानिर्देशक प्रदिप राज अधिकारीले निजी क्षेत्रको विकास र आर्थिक समृद्धिमा कोसानको भूमीका महत्वपूर्ण रहेकाले अब सरकारी निकायको भूमीका निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । उनले आफू हुलाक सेवा विभागको महानिर्देशक भएर आइसकेपछि कुरियर व्यवसायीले वर्तमान अवस्थामा भोगी राखेका समस्या र चुनौती तथा आगामी दिनमा विभागले निर्वाह गर्ने भूमीकाका विषयमा उचित छलफल गरेको र हुलाक सेवा विभाग व्यवसायीका मागका विषयमा संवेदनाशील रहेको बताए ।

कार्यक्रममा कुरियर संघका निवर्तमान अध्यक्ष देवेन्द्र खड्काले संघसँग आवद्ध सम्पूर्ण सदस्य कम्पनीहरुले पूर्व मेचीदेखि पश्चिम महाकाली र विश्वको २२० राष्ट्रहरुमा डकुमेन्ट तथा पार्सलहरु दैलोदेखि दैलो सम्म पुर्‍याइ आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेको बताए ।

उनले भने ,”कुरियर संघले विश्वभरि कन्टेनर, ट्रक, साना डेलिभरी भ्यान र हजारौँ आफ्नै हवाईजहाजहरुबाट सामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइ छिटो छरितो रुपमा सेवा प्रदान गर्दै आइरहेको छ।” 

साथै संघले नेपालमा उत्पादन भएका निर्यातजन्य वस्तुहरु विश्व बजारमा पुर्‍याउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आइरहेको खड्काले बताए । 

कार्यक्रममा कोसानका पूर्व अध्यक्ष निर्मल खतिवडा र गोविन्द ढुङ्गेल लगाएतले कुरियर व्यवसायको विषयमा आफ्ना धारणा राखेका थिए । 

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह