Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकको तीज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक


GDP नेपाल
   २५ भाद्र २०८०, सोमबार


गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।

करिब ३ मिनेट लामो उक्त गीतमा गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।

साथै, बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ । जस अुनसार बैंकले सार्वजनिक गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,०००, तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गर्ने छ । यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

गरिमा विकास बैंकले हाल नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बैंकिङ (गरिमा डिजी बटुवा, डेविट/क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह