Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


GDP नेपाल
   २६ भाद्र २०८०, मंगलबार


मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२२.५९ डलरमा र चाँदी प्रतिऔंस २३.१६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह