Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


GDP नेपाल
   २७ भाद्र २०८०, बुधबार


नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह