Logo

कर्पोरेट-बजार

उद्यमी पुष्पमान श्रेष्ठको निधन


GDP नेपाल
   ३१ भाद्र २०८०, आइतबार


नेपाल पश्मिना उद्योग संघका पूर्व अध्यक्ष पुष्पमान श्रेष्ठको निधन भएको छ । उहाँको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

वि.स. २००६ साल पौष ५ गते बाग्लुङको नगरपालिका–३ कम्पुटोलमा जन्मनुभएका श्रेष्ठको ७४ वर्षको उमेरमा हिजो निधन भएको हो । स्वर्गीय श्रेष्ठका दुई छोरा र श्रीमती हुनुहुन्छ । शुरुमा शिक्षक पेशामा आवद्ध श्रेष्ठ उद्यमशिलता र समाज सेवामा उत्तिकै सक्रिय रहनुहुन्थ्यो ।

नेपाली पश्मिना उद्योगको क्षेत्रमा पायनियर व्यवसायीको रुपमा चिनिनुभएका श्रेष्ठले नेपाली पश्मिना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र नेपाली पश्मिनाको उत्पादन, त्यसको गुणस्तर र साखलाई बचाइराख्न बजार प्रवर्द्धनमा महत्वपूर्ण भूमीका निर्वाह गर्नुभएको थियो ।

उहाँले उत्कृष्ट निर्यातकर्ताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गर्नुभएको थियो ।

स्वर्गाीय श्रेष्ठप्रती श्रद्धाञ्जली अर्पण गर्न नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगाएत विभिन्न उद्योग वाणिज्य महासंद्धमा आबद्ध वस्तुगत संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह