ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यसतै, लाभांश पारित गर्न कम्पनीले असोज २५ गते २६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया