Logo

कर्पोरेट-बजार

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी घोषणा


GDP नेपाल
   ३ आश्विन २०८०, बुधबार


व्यवसायी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको ४४औँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका छन् ।

मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बजा्रचार्यको प्यानलले असोज १९ र २० गते हुन लागेको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो ।

“सम्मानजनक उद्योग र व्यापार, ललितपुर उद्योग वाणिज्य संघको मूलआधार’’ भन्ने नारा बोकेर सात सदस्यीय प्यानलको घोषणा गरिएको छ ।

बज्राचार्यको प्यानलले पारदर्शीता, नेतृत्वको विकास, सान्दर्भिकता र निरन्तरतालाई चार खम्बे अवधारणाको रुपमा अघि सारेर १५ बुँदे घोषणा पत्र जारी गरेको छ ।

उद्योग व्यवसायीहरुको मागहरुमा कानुनी ब्यवस्थालाई पुर्णता दिन संधैं शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने,नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने, संस्थागत सुशासनमा जोड दिने,औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रर्वधन गर्ने देखि उत्पादनलाई ब्राण्डिङ गर्ने कपि राईट अवधारणालाई साकार बनाउने जस्ता विषयलाई घोषणा पत्रमा समेटेको छ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह