Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्ने प्रस्तावसहित फेडेरल रिइन्सुरेन्स ब्रोकर्सले डाक्यो साधारण सभा


GDP नेपाल
   ३ आश्विन २०८०, बुधबार


फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा असोज २५ गते  कम्पनीको रजिष्ट्रर्ड कार्यालय, नक्सान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । यसका साथै, अन्य कम्पनीसँग गाभ्ने वा गाभिने विषयमा प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभामा विदेशी लगानी भित्र्याउने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ । 

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह