Logo

कर्पोरेट-बजार

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपक महर्जनको उम्मेदवारी घोषणा


GDP नेपाल
   ४ आश्विन २०८०, बिहिबार


उद्योग वाणिज्य संघ ललितपुरका महासचिव रुपक महर्जनले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। 

आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले असोज १९ र २० गते ललितपुरमा हुन गएको ललितपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा एवं निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । 

उक्त पत्रकार सम्मेलनमा उनले ऐजेण्डामा समावेश सम्पूर्ण कामहरु सफल पार्न नसके पनि केही नमूना काम गरेर देखाउन उम्मेद्वारी दिएको बताएका छन् । उनले ललितपुरमा आवश्यक विकास हुन नसकेको भन्दै उद्योग वाणिज्य संघको नेतृत्वमा आएको खण्डमा तीन तहको सरकारसँग प्रस्ताव गरेर केही विकासका कामहरु गर्ने पनि बताए । 

WhatsApp Image 2023-09-21 at 4.49.21 PM.jpeg

उनले भने, ‘हाम्रो ऐजेण्डा पूर्ण रुपमा सफल पार्न नसके पनि केही मात्रामा नमूनाको कामहरु गरेर देखाउँने छौ । मसँग क्षमता छ, म सक्षम छु भन्ने हिसाबले नै मैले चुनाव जित्छु भन्ने आशा लिएको छु । ललितपुरमा अझै विकासका कामहरु गर्न नसकेको हुनाले सिंगो ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आएको खण्डमा हामी यसमा तीन तहको सरकारसँग प्रस्ताव गरेर केही विकासका कामहरु गर्न खोज्ने हाम्रो ऐजेण्डा रहेको छ ।’ 

उनले विश्वव्यापी आर्थिक मन्दी र देश भित्रकै समेत असहज व्यवसायिक वातावरणको सिर्जना भएको अवस्थामा दृढ आत्मविश्वास, सबल सहकार्यले चुनौतीहरुलाई उपलब्धिमा परिणत गर्न सक्ने उनले बताए ।  

Photo (4).jpg

उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दी र देश भित्रकै समेत असहज औद्योगिक र व्यवसायिक वातावरणको उपज धेरै उद्योगी व्यवसायीहरुले अत्यन्त कठिन संघर्ष गर्नु परिरहेको छ । हरेक चुनौती कुनै न कुनै सम्भावनाहरु बोकेर आउने र दृढ आत्मविश्वास सबल सहकार्य र सुझ बुझपूर्ण योजना र कार्यान्वयनले चुनौतीहरुलाई उपलब्धिमा परिणत गर्न सक्ने कुरामा पूर्ण रुपमा विश्वत छौं ।’ 

सबैको साथ र सहयोग रहेमा, ललितपुर जिल्लालाई उद्योगी व्यवसायीको उर्वर भूमिको रुपमा विकास गर्न कार्यहरु प्रभावकारी रुपमा अगाडि बढाउने पनि उनको भनाई छ । 

Photo (2).jpg

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह