नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संघको शुक्रबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले अध्यक्षमा पुनः दिनेश श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै, उपाध्यक्षमा जय शिवाकोटी, राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठ निर्वाचित भएका छन् भने महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा वरिष्ठ सौन्दर्यविद सुष्मा महरा तथा कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र सङ्ग्रौला, दिपक भण्डारी, शिशिर गौतम, दिपक भण्डारी, महेन्द्र गोयल, सदीश श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्वाचित भएका छन् ।
प्रतिक्रिया