Logo

कर्पोरेट-बजार

कोरियन एयरको उडान रोक्ने प्राधिकरणको निर्णय


GDP नेपाल
   ८ आश्विन २०८०, सोमबार


नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान रोक्ने निर्णय गरेको छ।

कोरियाको नागरिक उड्डयन निकायले नेपाल वाुसेवा निगमलाई उडान अनुमति नदिएपछि प्राधिकरणले आगामी अक्टोबर २९ बाट कोरियन एयरको उडान रोक्ने निर्णय गरेको हो ।

यसअघि नै सन् २००१ मा दुई देशबीच नियमित उडानबारे हवाइ सम्झौता भइसके पनि कोरियन उड्डयन निकायले भने विभिन्न बहाना बनाउँदै प्राधिकरणलाई झुलाइरहेको छ । प्राधिकरणका अनुसार कोरियन एयरले नेपालका लागि सातामा चार उडान र नेपाल एयरलाइन्सले कोरियाका लागि सातामा चारवटै उडान गर्न पाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

कोरियन एयरले अहिले नेपालमा साताको चार वटा उडान भर्दै आए पनि नेपाल एयरलाइन्सले भने हालसम्म सम्झौता अनुरुप उडान भर्न पाएको छैन । प्राधिकरणका अनुसार अब नेपाल एयरलाइन्सलाई कोरिया उडानका लागि अनुमति नदिएसम्म कोरियन एयरको नियमित उडान रोक्ने निर्णय भएको छ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह