Logo

Sub-banner

सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ : अर्थमन्त्री महत


GDP नेपाल
   १९ आश्विन २०८०, शुक्रबार


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारी मार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा उनले थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताए ।

उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ । थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ । ’

उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्याउन आवश्यक भएको बताए ।

स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह