Logo

कर्पोरेट-बजार

नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर


GDP नेपाल
   १९ आश्विन २०८०, शुक्रबार


काठमाडौं । नेपाल वायुसेवा निगमले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी नेपाल वायुसेव निगम र चार निजी क्षेत्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले वायुसेवा निगमको विकास, पुनर्उत्थान, व्यवसाय वृद्धि र पर्यटन क्षेत्रको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ ।

नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरी पत्र आदानप्रदान गरेका थिए । निगमले चारवटा निजी क्षेत्रसँग सहकार्य गर्न लागेको हो ।

कार्यक्रममा निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्ने सम्झौतासँगै निगमको सुधारको कार्य सुरु भएको बताए ।

उनले नेपालमा पर्यटक बढाउन सरकारले लागू गरेको विभेदकारी भाडादरलाई हटाउनुपर्नेमा जोड दिँदै निजी र सरकारी दुवै क्षेत्रले पर्यटकका लागि समान भाडादर कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी विदेशी पर्यटक आएनन् भन्छौं तर, देशको नीति नै विभेदपूर्ण छ । विदेशीलाई लिने भाडादर महंगो छ । त्यो किन महंगो लिन पर्यो ? हामी विदेशमा जाँदा हामीलाई छुट्टै भाडा लिँदैनन् । सरकार र निजी क्षेत्र सबैले पर्यटकहरुलाई पनि नेपालीलाई जति लिने गर्छौ त्यति नै भाडा लिनुपर्छ, बराबरी लिनुपर्छ । पर्यटक बढ्नलाई नेपाल वायुसेवा निगमको स्तर मात्र वृद्धि भएर हुँदैन खुला बजार हुनुपर्यो ।’

पर्यटक बढाउन नेपाल एअरलाइन्ससँग सबै पक्षले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष मल्लले निगमको व्यावसायिक सक्षमता र प्रवर्द्धनका लागि चेम्बर अफ कमर्शले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जाहेर गरे ।

‘निगमको उत्थानका लागि चेम्बर अफ कमर्शको तर्फबाट जुन सम्झौता गरेका छौ । यसले निगमको व्यावसायिक सक्षमता र प्रवर्द्धनका लागि हाम्रो तर्फबाट गर्ने सहयोग निरन्तर रहने छ । निगमले पुरानो सरकारी काम गर्ने तौरतरिकालाई डिजिटाइजेसन र आधुनिकीकरण गरेर अगाडि बढ्नुपर्छ । कतिपय गुनासोहरु सुनेका छांै त्यसलाई हटाउनुपर्छ’ मल्लले भने ।

उनले निगमले आफ्नो सेवालाई चुस्त र दुरुस्त बनाएर पर्यटनको महत्वको हिसाबले चीनका र जापानका शहरमा सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह