Logo

कर्पोरेट-बजार

नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्शको पहिलो वार्षिक साधारणसभा सम्पन्न


GDP नेपाल
   २४ आश्विन २०८०, बुधबार


नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा नेपाल र फिनल्याण्डबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्नेबारे छलफल भएको हो ।

सो सभामा बोल्दै नेपालका लागि फिनल्याण्डकी राजदुत रीना रिक्का हेक्काले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताएकी छन् । उनले नेपालसँगको सहकार्यलाई थप उचाइमा पुर्‍याउन फिनल्याण्डले नेपालमा शुद्द पिउने पानी, शिक्षा, गुणस्तरीय तथा सामाजिक समावेसिता, मौसम परिवर्तन, पूर्वाधार लगायतका क्षेत्रमा सहकार्य गर्ने बताएकी छन् ।

सभामा नेपाल फिनल्याण्ड चेम्बरका अध्यक्ष मुकुन्दप्रसाद तिमल्सेनाले दुई देशबीचको व्यापार, शिक्षा, सँस्कृतिजस्ता क्षेत्रमा फिनल्याण्डसँग सहकार्य गर्ने जनाएका छन् । सभामा नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्शका उपाध्यक्ष प्रज्वलजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेशकाजि श्रेष्ठ लगायतले दुई देशबीचको व्यापारिक सम्बन्ध र सम्भाव्यताबारे धारणा राखेका थिए ।

यस्तै, कार्यक्रममा नेपाल फिनल्याण्डबीचको सम्बन्धमा योगदान पुर्‍याएको भन्दै रुपक राजवंशी, नरेश श्रेष्ठ, उत्तम सिलवाल, उरुषा चापागाईँलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह