Logo

Sub-banner

कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन


GDP नेपाल
   २९ आश्विन २०८०, सोमबार


उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।  

बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले  न्यानो स्वागत गर्नुभएको थियो  । 

कार्यक्रममा उहाँले तीन हजार छ सय मिटरको धावनमार्ग भएको  एसएआई ४–ई स्थरको अन्तर्राष्ट्रिय विमानस्थल हो भन्दै यसले लामो दूरीका उडानलाई समायोजन गर्न सक्ने बताउनुभयो । उहाँले नयाँ विमानस्थलको सञ्चालनले कोभिडले पछाडि परेको पर्यटन क्षेत्रको विकास हुने तथा कम्बोडिया र चीनबीच सद्भाव वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थलको निर्माण र सञ्चालनसँगै चीन र कम्बोडियाको पर्यटन व्यापार र अर्थतन्त्र विकासमा योगदान पुर्याउने उहाँको भनाइ थियो । 

एसएआईमा चीनको युनान इन्भेष्टमेन्ट होल्डिङ लिमिटेड सम्बद्ध एङ्कोर इन्टरनेसन एयरपोर्ट इन्भेस्टमेन्ट कम्पनीले लगानी गरेको हो ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह